आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव र माओवादी छाडेका एमाले नेताहरुबीच भेटवार्ता

प्रकाशित
133
SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । महासचिव विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन् ।

उनीहरुबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो । भेटमा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

पछिल्लो केही दिनयता विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए ।

प्रतिक्रिया