आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

प्रकाशित
598
SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये ९ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

कहाँ कति थपिए संक्रमित

गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना संक्रमित छन् ।

यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ । मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५/३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म ११ लाख २० हजार नाघेको छ। अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र वितरणमा आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ। कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्। अहिले विभिन्न स्थानमा खोप लगाउने मानिसको घुइँचो देखिन्छ।

यसैबिच चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

बिश्वभर कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ५५ हजार १८४ जनामा कोरोना पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै रुस, फ्रान्स, टर्की, र बेलायतमा ५ लाख बढिमा कोरोना पुष्टि भइसकेको छ भने, अर्जेन्टिना, कोलम्बिया र इटालीमा ४ लाख बढि कोरोना संक्रमित भएका छन् ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमणबाट हालसम्म विश्वमा ४० लाख ८२ हजार ६३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया