आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा केन्द्रीय सचिवालय सदस्य सुशर्दनलाई रिहा गर्न सर्वाेच्चकाे आदेश

प्रकाशित
593
SHARES

जन्मदेव जैसी, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनाेजकुमार शर्माकाे इजलासले साे आदेश दिएकाे हाे ।

नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्दै सर्वाेच्चले साधारण तारेखमा छाड्न आदेश दिएकाे हाे । वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पाेख्रेल, कान्तिराम ढुङ्गानालगायतले रिट निवेदककाे पक्षबाट बहस गरेका थिए ।

सर्वाेच्चकाे आदेशमा नेता सुदर्शन रिहा भएका छन् । ललितपुरस्थित एनसेलको टावरमा ब.म बि स्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी र रणविरलाई बम विस्फाेटकाे मुद्धा लगाइएको थियाे। मुटुका गम्भीर विरामी दुवै नेता सुदर्शनकाे गंगालालमा र रणविरकाे सुन्धारास्थित कारागार अस्पतालमा उपचार भईरहेकाे छ ।

त्यस्तै भने नेता भरत बम ‘रणवीर’काे मुद्धामा भने थप कागजात झिकाउन आदेश भएकाे छ । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रणवीरको पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएको पछि अस्पताल भर्ना गरिएको थियो ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिकाे ३ महिनावित्दा पनि कार्यान्वयन भएकाे छैन। कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो ।

सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिने, सरकार गैरजिम्मेवार बनेको छ । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि बन्दीका आफन्तहरुले कानुनी प्रक्रिया अघि बढाएका थिए ।

ललितपुरस्थित एनसेलको टावरमा बम बि स्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी र रणविरलाई बम विस्फाेटकाे मुद्धा लगाइएको थियाे।

प्रतिक्रिया