आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डब्ल्यूएचओले दियो यस्तो कडा चेतावनी

प्रकाशित
267
SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ । यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने बताएकी छन् । भारतमा कोरोना संक्रमण तीब्र रहेकाले त्यसलाई नियन्त्रण गर्न अमेरिकी सहयोग जारी रहने उपराष्ट्रपति ह्यारिसले बताएकी छन् ।

भारतमा कोरोना भाइरस संक्रमणमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । भारतमा कोरोना भाइरसको दोस्रो लहरको समयमा भारतलाई सहयोग गर्नेबारे अमेरिकी विदेश मन्त्रालयद्धारा आयोजित छलफलमा उपराष्ट्रपति ह्यारिसले यस्तो बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भारतलाई पर्याप्त सहयोग गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उपराष्ट्रपति ह्यारिसले सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

कोभिड-१९ विरुद्ध खोपको बौद्धिक सम्पति अधिकार अनुमतिको विषयमा भारतलाई अमेरिकाले समर्थन गर्दै भारत तथा अन्य मुलुकहरुमा खोप अभियान तीब्र बनाउन चाहेको ह्यारिसले बताइन् ।

यस्तै अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउन फेरि थपिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।

थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउन थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।

प्रतिक्रिया