आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

प्रकाशित
146
SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । नेता धर्मेन्द्र बास्तोलासँगै महासचिव विप्लव र प्रचण्डबीच प्रचण्डकै निवास खुमलटारमा भेटवार्ता भएको हो ।

कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता-कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए ।तर, ३ बुँदे सहमति भएको ४ महिना बित्दा समेत सरकारले नेता कार्यकर्तालाई छाड्ने कुनै पक्रिया अगाडि नबढाएको भन्दै विप्लव नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।

विप्लव र प्रचण्डबीचको भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपी शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव नेकपाले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया