आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालकोटको बार्दलीबाट ओलीले गरे यस्तो घोषणा

प्रकाशित
232
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।

प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे ।

ओलीले बालकोट स्थित आफ्नो घरको छतमा गएर विश्वमा कहि नभएको नजिर अदालतले स्थापना गरेको आरोप लगाए। ‘अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालमा भएको छ।’ उनले भने

ओलीले धनि देशहरुले कोरोनाको निःशुल्क परीक्षण तथा उपचार गराउन नसकेका बेला आफूहरुले निुल्क उपचारको व्यवस्था गरेको बताए।अध्यक्ष ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब नस्वीकार्ने समेत बताए।

अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत गर्न तयार भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको ओलीको भनाई छ।

माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताए। अदालतमा निवेदन हालेर सँधै परामादेशबाट सरकार नपाइने चेतावनी उनले दिए।

‘अझै पनि क्षमायाचना गरेर आउनुहुन्छ भने काम गर्ने ठाउँ दिइने छ। तर माधव नेपाललाई भने कुनै क्षमा र माफी दिन सकिने ठाउँ छैन।’ उनले भने

यसो भनिरहँदा तल नेता र कार्यकर्ताले ‘माधव चोर देश छोड’। ‘माधवलाई पार्टीबाट निष्काषन गर्नुस’ भन्दै नारा लगाएका थिए।तामझाम सहित ओली आज बालुवाटारबाट बालकोट फर्केका हुन। स्कटिङको क्रममा कार्यकर्ताले ‘प्रचण्ड र माधवलाई फाँ’सी दे’ नारा लगाएका थिए ।

प्रतिक्रिया