आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तत: ओलीले छाडे बालुवाटार

प्रकाशित
159
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटार छाडेका छन्।अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले बालुवाटार छाडेका हुन् ।

आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका थिए । ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए ।

तर भारी वर्षाका कारण र्याली बिथोलिएको थियो । सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया