आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनताले सरकारमा बस भन्दाभन्दै सर्वोच्चको परमादेशले म बाहिरिँदै छु: प्रधानमन्त्री ओली

प्रकाशित
467
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्चको परमादेशले आफू सरकारबाट बाहिरिन लागेको बताएका छन् ।

उनले जनताको जनादेश अझै आफूसँग रहेको पनि बताए। सर्वोच्चको फैसलाले राजनीतिक कोर्ष अस्थिरतातर्फ लम्किएको पनि उनले बताए। तर, हामी सर्वोच्चको फैसला मान्छौं भन्दै फैसला पालना गर्ने बताए।

‘सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ, त्यो समयको कसीमा परीक्षण हुन्छ, तर फैसला पालना गर्छौं।’- उनले भने सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए।

ओलीले सर्वोच्चको फैसलाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आज यस्तो बताएका हुन् । उनले आफूले देश र जनताका लागि निष्ठापूर्वक काम गरिरहेको बताएका छन् । आफ्नो नेतृत्वमा देशले विकासमा अग्रगति लिएको बताए ।

प्रतिक्रिया