आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित
172
SHARES

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९१ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया