आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गर्भवती भएको चर्चा चलेपछि नायिका आँचल शर्माले मुख खोलिन, के हो यथार्थ ?

प्रकाशित
326
SHARES

काठमान्डौ । अभिनेत्री आँचल शर्मा चाहेर होस् ना नचाहेर समाचारको पात्र बनिरहन्छिन् । केही दिनयता उनी गर्भवती रहेको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । उनी स्वयंले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरुले समाचार छापेका छन् ।

उनले यस विषयमा स्पष्टिकरण दिँदै फेक न्यूजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् । उनले शनिवार साँझ इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो गर्भवती को बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।

’अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उनले बताएकी छन् । आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् । नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए ।

जुन बिहेले पनि राम्रो चर्चा पाएको थियो । आँचल बिहेपछि म्यूजिक भिडियोको काममा नै व्यस्त छिन् । नायिका आँचल शर्माले आमा बन्न लागेको खबर बाहिर आएपछि यो खबर झुट भएको बताएयकी छन् । यिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भएपछि उनी आफैले यो समाचार गलत भएको बताएकी छन् ।

प्रतिक्रिया