आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित
336
SHARES

काठमाडाैं । नेपालमा थप १,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

पछिल्लो २४ घण्टामा ९,२१८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ३,६८३ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको झण्डै १९.८६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ। सो अवधिमा १,५३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,३८२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्छन्, “अझै पाँच जनाको परीक्षण हुँदा १ जनामा सङ्क्रमण देखिएको छ…जोखिम कायमै छ।”

अहिले कुल २६,१७३ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७०२ जना संस्थागत आइसोलेशनमा रहेका छन्। आइतवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३९१ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५९३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवारसम्म १० लाख १७ हजार ५९६ पुगेको छ। अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्। शुक्रवार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी’ कोभिड-१९ को खोप नि:शुल्क उपलब्ध गराउन लागेको बताएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले जोनसन एन्ड जोनसन कम्पनीको उक्त खोप सोमवार नेपाल आइपुग्ने आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन्। केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप नेपाललाई दिन लागेको बताइएको थियो।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस सङ्क्रमणका कारण बालबालिका निकै कम जोखिममा’

कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ। इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन्।

एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ। त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो। स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन।

युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन्

उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड-१९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन्।

झन्डै १५ जनाको आयु कम गर्ने अवस्था अथवा पहिल्यै अन्य रोगका कारण स्वास्थ्य समस्या थियो जसमध्ये १३ जना जटिल स्नायु पक्षाघातबाट जुझिरहेका थिए। छ जनाको विगत पाँच वर्षमा अन्य स्वास्थ्य समस्या थिएन। यद्यपि अध्ययनकर्ताहरूले कुनै खाले रोगको हेक्का नभएको हुनसक्ने भन्दै शङ्का व्यक्त गर्छन्।

अनुसन्धानले सुझाए अनुसार थप ३६ बालबालिकामा मृत्युका बेला कोभिड देखिए पनि ती अन्य कारणले ज्यान गुमाएका थिए। समग्र जोखिम अझै कम भए पनि ज्यान गुमाउने जोखिममा रहेका धेरैजसो बालबालिकाहरू खास गरी १० वर्षभन्दा माथिल्लो उमेर समूहका र अश्वेत र एशियाली मूलका देखिएको बताइएको छ।

अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन्।

हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए।

प्रतिक्रिया