आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले बोलाए स्थायी कमिटी बैठक

प्रकाशित
314
SHARES

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार दिउँसो ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । नेता तामाङका अनुसार बैठकमा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापालगायतका नेताहरु समेत सहभागी हुनेछन् ।

आजको स्थायी कमिटी बैठकबाट कार्यदलमा तय गरिएका संगठनसम्बन्धी एजेन्डा पारित गरिने पनि उनले जानकारी दिए । सबै पक्षलाई समेट्ने गरी बैठक बोलाइको भन्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आउने/नआउनेबारे एकीन भइनसकेको बताए ।

‘असार १८ गतेदेखि एमालेमा पक्ष र विपक्ष रहेन । हामीले २०७५ जेठ २ को कमिटी बोलाउन थालेका हौं । आउने/नआउने उहाँहरुको कुरा भयो’, उनले भने ।

प्रतिक्रिया