आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ता पक्राउ

प्रकाशित
546
SHARES

काठमाडौँ । स्वास्थ्य शिक्षामा भइरहेको बेथितिविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक १५ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा भएको प्रदर्शनका क्रममा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

यसअघि आइतबार नै वृहत नागरिक अभियानको प्रदर्शनका क्रममा खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत पक्राउ परेका थिए । बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनरत् पक्षले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी बर्हिगमनलाई बटमलाइन बनाएका छन् । वार्ताबाट निकासका लागि चासो नदिइएपछि जारी आन्दोलन काठमाडौंसम्म आइपुगेको हो । प्रतिष्ठान सुधारको माग गर्दै नागरिक समाजले प्रदर्शन गरिरहेको छ ।

यसैेबीच कोभिड संक्रमित बिरामीलाई लक्षित गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्यांक जडान भएपछि बिहीबारदेखि परीक्षण सुरु भएको छ ।

८० लाख रुपैयाँ लागतको २० हजार लिटर क्षमताको उक्त अक्सिजन भण्डारण ट्यांक प्रधानमन्त्री कार्यालयले सिधै उपलब्ध गराएको जनाइएको छ । ट्यांक स्थापना गर्ने ठेक्का शंकर अग्रवालले पाएका थिए । प्रतिष्ठानमा हाल

परीक्षणका रूपमा सञ्चालित उक्त ट्यांकमा किनेर अक्सिजन भरेपछि पाइपलाइनमार्फत कोभिड–१९ अस्पताल र प्रतिष्ठानका अन्य वार्डमा आपूर्ति गरिने प्रणाली अपनाइएको बायोमेडिकल इन्जिनियर प्रदीप साहले बताए ।

उनका अनुसार प्रतिष्ठानमा कोरोना संक्रमितसहित अक्सिजन आवश्यक पर्ने बिरामीहरू प्रतिष्ठानमा अत्यधिक आउने गरेकाले यसलाई वैकल्पिक रूपमा व्यवस्थापन गरिएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनमार्फत सोझै बिरामीको बेडमा पुर्‍याइने भएकाले सिलिन्डरहरू भरेर ल्याउने झन्झट नहुने बताए ।

प्रतिष्ठानमा तीन वर्षअघि इन्टरनेसनल डाइग्नोकेन, भारतको युनिसी इन्डियाले आपूर्ति गरेको ३ करोड २४ लाख रुपैयाँ लागतको अक्सिजन प्लान्ट सञ्चालनमा आएको दोस्रो दिनमै एउटा अक्सिजन जेनेरेटर र जीओलाइट धुलिएपछि लामो समय बिग्रेको थियो । प्रतिघण्टा १६ सय लिटर अक्सिजन उत्पादन गर्ने भनेर दाबी गरिए पनि परीक्षणकालमा पूर्णक्षमतामा शुद्ध अक्सिजन उत्पादन गर्न नसक्दै बिग्रेको थियो ।

पछि प्लान्ट मर्मतसम्भारको खरिद प्रक्रिया नै सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार नभई मर्मत खर्च भनेर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डाइग्नोकेनका सञ्चालक विज्ञान अर्याललाई ५५ लाख रुपैयाँ भुक्तानी दिएका थिए ।

प्रतिष्ठानको अक्सिजन प्लान्टले हाल प्रतिघण्टा आठ सय लिटर अक्सिजन मात्र उत्पादन गर्दै आएको छ । नपुगेको अक्सिजन सुनसरीका विभिन्न निजी प्लान्टबाट खरिद गर्दै आएको छ ।

प्रतिक्रिया