आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा काठमाडौं महानगरले गर्यो धान रोपाई, स्थानीय खुसी

प्रकाशित
325
SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिले धान रोपाइँ सम्पन्न गरेको छ । आर्थिक अभाव र श्रमशक्ति नभएकाहरुलाई सहयोग गर्दै आएका नेकपाका नेता कार्यकर्ताले एकल महिलाको खेतबारी रोपाइँ गरेका हुन् ।

एकल महिला भगवती कोइरालाको घरमा श्रमशक्ति नभएको र आर्थिक अभावका कारण समयमै धान रोपाइँ हुन नसकेको जानकारी पाएपछि नेकपाका नेता कार्यकर्ताहरुले दुई दिन लागेर रोपाइँ गरिदिएका छन् ।

असार २५ र २६ गते काठमाडाँै महानगर कमिटी इन्चार्ज अबिरलको नेतृत्वमा कोइरालाको सम्पूर्ण खेतबारी रोपाइँ गरिएको नेकपाले जनाएको छ । महानगर इन्चार्ज अबिरलले कोइरालाको खेत बाँझो रहेको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको बताए ।

“भवगती कोइराला एकल महिला हुनुहुँदो रहेछ । उहाँको आर्थिक अभावसँगै घरमा काम गर्ने कोही रैनछन् । आफ्न्त र छिमेकीले रोपाइँ गरेपनि उहाँको खेत बाँझो रहेको हाम्रो कमिटीमा जानकारी आएपछि हामीले दुई दिन लगाएर खन्ने र रोप्ने काम गरेका छौँ” खेतका आली लगाइरहेका अबिरलले भने । जनता र श्रमसँग जोडिन पार्टीको नीतिका कारण आफूहरु रोपाइँ गरेको उनले बताए ।

श्रमसँग नजोडिएकैले नेपालमा कम्युनिस्ट आन्दोलनमा वर्ग उत्थान भएको र जनतासँग कटेकैले माओवादी आन्दोलन धरासयी भएको आफ्नो पार्टीले निष्कर्ष निलेको भन्दै इन्चार्ज अबिरलले पार्टी महासचिवदेखि सबै नेता कार्यकर्ता श्रमसँग जोडिएको बताए । उनले भवगतीसँगै छिमकीको खेतमा पनि सहयोग गरेको जानकारी दिए । रोपाइँमा स्थानीयको पनि सहभागिता रहेको थियो ।

रोपाइँमा काठमाडौँ महानगरसँगै चन्द्रगिरी कमिटीको पनि सहभागिता रहेको थियो । अहिले देशभर नेकपा नेता कार्यकर्ता श्रमशक्ति नभएकाहरुलाई सहयोग गर्नुको साथै पार्टीलाई आन्मनिर्भर बनाउन बाँझो जमिनमा धान रोपाइँ गरिरहेका छन् ।

प्रतिक्रिया