आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले एक हुने पक्का पक्कि भएपछि छटपटिए प्रचण्ड

प्रकाशित
571
SHARES

काठमाडाैँ ।  नेकपा एमाले एक हुने पक्का भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छटपटिएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो ।

पाँच दलीय गठबन्धबीच धेरै दिनदेखि वार्ता हुन नसकेको अवस्थामा प्रचण्डले देउवालाई भेटेका हुन् । भेटमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल भएको थियो । विपक्षी गठबन्धनको आगामी रणनीति के हुने भन्ने बिषयमा पनि छलफल भएको स्रोतले बतायो ।

यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए । कोटेश्वर पुगेर नेपाललाई भेटेका उनले गठबन्धनलाई नछोड्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको बताएको छ । प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठनिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् ।

प्रतिक्रिया