आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी केन्द्र खारेजीको प्रस्ताव प्रचण्डले नै राखेको खुलासा, भिडियो बाहिरियपछि….

प्रकाशित
355
SHARES

काठमाडाैँ । यतिबेला माओवादी केन्द्रका पूर्व नेताहरुले माओवादी केन्द्र खारेजीको माग जोडदार रुपमा उठाएका छन् । निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको विषय पेचिलो बन्दै गइरहेका बेला सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोल खुलेको हो ।

माओवादी खारेजीको पहिलो प्रस्ताव नै प्रचण्डले गरेको खुलासा भएको छ । केहि दिन देखी माओवादी पृष्ठभूमी भएका एमाले नेताहरुले माओवादी केन्द्र अवैद्य भएको भन्दै खारेज हुन पर्ने जिकीर सहित निर्वाचन आयोगमा तोकता गरिरहेका छन् । आयोगमा उजुरी बोकेर जाने बेलाका नेतृत्वकर्ता पूर्व माओवादी नेता हाल एमाले गण्डकी प्रदेश कमिटीका सह इन्चार्ज लिलाबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेनै पहिलो पटक माओवादी केन्द्र खारेजीको प्रस्ताव गरेको ठोकुवा गरेका छन् ।

माओवादी टुट फुट र स्वार्थको सिकार भयो पहिलो पार्टी बनेको पार्टी अहिले तस्रोमा खुम्चन परेको छ । हाम्रै साथीहरुमा चरम विचलन देखीयो देशी विदेशी प्रतिक्रियावादी शक्तीहरुले पनि हामीलाई सिध्याउँन लागे यो अवस्थामा अब पार्टी चल्न सक्ने कुनै अवस्था छैन त्यसैले पार्टी विघठन गरौं भनेर प्रचण्डले प्रस्ताव गरेको थापाले बताए । ्

अहिले माओवादी केन्द्र खारेजीको माग राखेर निर्वाचन आयोगमा ताकेता गरिरहेका पूर्व माओवादी नेता मध्ये थापा एक प्रमुख नेता हुन् । उनले कुनै पनि हालतमा माओवादी केन्द्र खारेज हुनेपर्ने र अहिले आफूहरुले उठाएको एजेण्डाले अरु पार्टीलाई पनि सन्देश मिल्ने बताए । ९ बर्ष देखी महाधिवेशन नगरेको र संविधानले भने बमोजिम माओवादी केन्द्रको कमिटी समावेशी पनि नभएका कारण खारेज गर्नुको कुनै विकल्प नभएको बताए।

यता माओवादीबाट एमाले प्रवेश गरेका नेताहरु अहिले दिनहुँ जस्तो माओवादी केन्द्र खारेजीको माग राखेर निर्वाचन आयोग पुगिरहेका छन् । केहि दिन अघि लिलाबहादुर थापा सहितको टिमले माओवादी खारेजीको लागी लिखीत उजुरी दिएका दिए । आज त टोपबहादुर रायमाझी , प्रभु शाह सहितका नेता दलवल सहित निर्वाचन आयोगमा पुगे ।

निर्वाचन आयोग पुगेर एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाए ।

२९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको उनको जिकिर छ ।

‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,’ उनले भने, ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।’

पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, रायमाझी, थापा, साह लगायत नेताहरु सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भएपछि एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेजीको लागी तारन्तार लगाइरहे पनि माओवादी केन्द्रले पनि उनीहरुको गतिविधीलाई हास्यास्पद भनिदिएको छ । केही स्वार्थी ,लोभी पापीहरुको नचाहिँने कुरामा विवादीत बनाउँन खोजेको माओवादी केन्द्रले बताएको छ ।

प्रतिक्रिया