आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने

प्रकाशित
1.5K
SHARES

काठमाडाैँ । नेकपा एमाले औपचारिक फुटको संघारमा पुगेका बेला माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले एमाले फुटाउन नचाहेको बताएकी छिन् । झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि टिप्पणी गरिन् । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् । उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।

उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ । शेरबहादुर देउवालाई दिएको समर्थन यथावत छ । यो भोलिपनि रहन्छ ।

देउवालाई किन समर्थन गरेको र कहीँ नभएको जात्रा हाडीगाउँमा देखाएको ? भनेर पत्रकार धमलाले प्रश्न सोध्दा उनले आक्रोशित हुँदै भनिन्–‘तपाईँले पनि जात्रा नदेखाउनु, अदालत जाने बेला हामी गैरसांसद भयौं ? हामी सांसद होईनौं भनेर अदालतमा मुद्दा हाल्नुहोस । तपाईँ व्यक्तिगत कुरामा किन जानुहुन्छ ?

प्रतिक्रिया