आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रालयको गाडीभित्र निर्वस्त्र भएर यौनमा लिप्त १ महिला २ पुरुष भेटिए पछि….

प्रकाशित
4.6K
SHARES

काठमाडाैँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेकाे बतायका छन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए ।

प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

त्यस्तै जनकपुरधाम रौतहटमा चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । गएराति भएको झडपमा आठ जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन्। घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो । विवादका क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । उक्त स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ