आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली आफैले किड्नी फेरेर पनि यति तगडा र जोसिलो हुनुको खुल्याे यस्ताे बेग्लै रहस्य

प्रकाशित
1.1K
SHARES

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै आशावादी प्रधानमन्त्रीको रुपमा चित्रित भएका छन् । उनले पहिलोपटक प्रधानमन्त्री हुदाँ उनले आशाको दियो बालेका दिए र त्यसपछि युवापङ्क्तीहरु उनको फ्यान नै बनेका थिए ।

उसो त दोस्रो कार्यकालमा भने कोरोना कहर आएपछि आफ्नै आसेपासे र बदमास मन्त्रिपरिषद् सदस्यका कारण उनी नेतृत्वको सरकार आलोचित हुन पुग्यो ।

प्रधानमन्त्री ओलीले जहिले आशा, उत्साह र उर्जाका कुरा गर्दै आएका छन् र उनी अरुहरुलाई प्रोत्साहित गर्न र अरुहरुको मनोबल बढाउन पनि खप्पिस छन् ।

यसैबीच, प्रम ओलीले नेपाली डाक्टहरुको खुलेरै प्रशंसा गरेका छन् । उनले नेपालका डाक्टरहरु बिदेसका भन्दा अब्बल रहेको प्रमाण आफ्नै मृगौला प्रत्यारोपणको क्रममा पाएको बताएका छन् ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको र नेपाली डाक्टरहरुले बिदेसी भन्दा अब्बल रहेको प्रमाण दिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले विदेशमा गरेको पहिलो प्रत्यारोपणभन्दा स्वदेशमा गरेको दोस्रो प्रत्यारोपण बढी सहज र प्रभावकारी बनेको आफ्नो अनुभुति पनि सुनाए ।

‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिसमै बस्नुपर्ने जस्तो कुरा गरेका थिए । यहाँका डाक्टरले हामी गर्छौं भने,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

पहिलोपटक प्रत्यारोपण गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रोपटकको प्रत्यारोपणपछि भने त्यस्तो समस्या झेल्नु नपरेको उनको अनुभव छ । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपण गरेको १२र१३ दिनमै कार्यक्रममा भाग लिन थालेका थिए । त्यसयता हालसम्म कुनै समस्या नहरेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया