आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुनै पनि हालतमा एमाले मिल्नै नदिने खेलमा झाक्री, यस्तो एक ट्वीटले सामाजिक सञ्जालमा खैलाबैला

प्रकाशित
523
SHARES

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विवाद समाधानको अन्तिम चरणमा पुगेको छ । नेकपा एमालेमा उग्र, थुतुनो धेरै चलाउने, अशिष्ट भनेर पहिचान नेतृ रामकुमारी झाँक्री पार्टीको विवाद समाधान भन्दा भाड्नमा सक्रिय भएकी हुन् ।

पार्टीको कार्यदलले विवाद सल्टाउन अन्तिम प्रयास गरिरहेको र ओली–नेपाल भेट भएर कुरा मिल्नै लागिरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत उग्र प्रतिक्रिया दिएकी छन् ।

उनले विवाद समाधानको प्रयासलाई जालझेल भनेकी छन् । प्रचण्डसँग अति निकट झाँक्री जसरी हुन्छ पार्टी फुटाउने र माधव नेपालले नयाँ पार्टी बनाउनुपर्ने अडानमा छिन् ।

त्यसैले होला एकताविरुद्ध उग्र बोलिरहेकी छन् । प्रचण्डले पनि एमाले फुटाउन अन्तिमसम्म प्रयास गरेका थिए । तर माधवले उनको चाल समयमै बुझेर पार्टीमा सहमति गरेर अघि बढ्न तयार भएका छन् ।

नेतृ झाँक्रीले सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै त्यसअगावै झालझेलमा पर्न नहुने उल्लेख गरेकी हुन् ।

उनले ट्वीटरमा लेखेकी छन्, ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ ।

अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनु हुँदैन ।’ उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पटकपटक नेतृ झाक्रीकै लाईनमा अभिव्यक्ती दिईरहेकाले केहीले झाक्रीको प्रचण्डसँग सेटिङको आशंका गरेका छन् ।

प्रतिक्रिया