आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ठमेलबाट चिनियाँहरुको घिनलाग्दो हर्कत बाहिरियो

प्रकाशित
4.2K
SHARES

काठमाडौँ  । नेपालमा चिनियाँ नागरिकको गैरकानुनी धन्दा प्रहरीले भण्डाफोर गरेको छ । एटिएम ह्याकिङ प्रकरणदेखि जुवातास, वन्यजन्तु तस्करीसम्म गैरकानुनी गतिविधि प्रहरीले बाहिर ल्याइसकेको छ ।

संलग्न चिनियाँ नागरिकहरु धमाधम समातिरहेका छन् । यसैक्रममा बुधवार राती ठमेलबाट ५ जना चिनियाँ नागरिक समातिएका छन् । चिनियाँकै सञ्चालनमा रहेको होटल सिआओ सियाङबाट इलेक्ट्रिक जुवा खेलिरहेका एक महिलासहित ५ जना चिनियाँ नागरिक १ लाख २३ हजार रूपैयाँ नगदसहित समातिएका हुन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार जुवा खेलिरहेको अवस्थामा रंगेहात फेला परेका उनीहरुबाट जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत पनि बरामद भएको छ ।

यसअघि सोमवार मात्रै ४ जना चिनियाँ नागरिक ८ लाख नगद, इलेक्ट्रोनिक जुवा सामग्री र वन्यजन्तुसहित ज्याठाबाट पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान चलिरहँदा थप चिनियाँको कर्तुत नेपाल प्रहरीले बाहिर ल्याएको हो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ