आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपत्यकामा आज कति थपिए संक्रमित ?

प्रकाशित
336
SHARES

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय २७ जना संक्रमित थपिएका हुन्। जसमध्ये काठमाडौंमा २ सय ८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट निको हुनेको संख्या ९३२० पुगेको छ।

प्रतिक्रिया