आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ता छन् स्वस्थ रहन स्वास्थवर्धक खानपानका उपायहरु

प्रकाशित
2.1K
SHARES

काठमाडाैँ  ।  स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ। आज हामी तपाईंलाई असल खानपानका २० वटा उपायबारे जानकारी गराउँछौं।

१. विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

२. फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।

३. दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।

४. माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।

५. दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

६्. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

७. खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।

८. खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।

९ गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।

१.। सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।

११. पर्याप्त मात्रामा सफा पानी पिउने।

१२. नियमित रूपमा शारीरिक परिश्रम गर्ने।

१३. परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने।

१४.पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।

१५. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।

यी उपायलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ। स्वस्थ रहन सकेमा आफूले बनाउने हरेक कार्य तथा योजना सफल पार्न सकिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ