आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहिद पत्नीमाथि प्रचण्डले गरे यस्तो गम्भीर अन्याय, माओवादीमा भयाे यस्ताे खैलाबैला

प्रकाशित
556
SHARES

काठमाडौँ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सहिद पत्नीलाई आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट निकाल्दै ठूलो अन्याय गरेका छन् ।

रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख रहेकी कान्ति देवीलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट निकाल्दै ठूलो अन्याय गरेको हो ।

अदालतले भने कान्ति देवीको पद पुनःबहाली गराइदिएको छ । सहिदपत्नी कान्तिलाई अदालतले न्याय दिएको छ । गत वैशाखमा कान्ती देवीलाई नेकपा माओवादी केन्द्र रौतहट जिल्ला समितिका सचिव देवेन्द्र पटेलले पार्टी छाडेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।​ पटेलले सोधेको स्पष्टीकरणमा कान्ती देवीले वैशाख ६ गते स्पष्टीकरण बुझाएकी थिइन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ को उपदफा १ र २ अनुसार कार्य गरेको भन्दै ‘सोही ऐनको दफा ३२ अनुसार किन कारबाही नगर्ने ?’ सचिव पटेलले कान्तीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यसको जवाफमा उपमेयर कान्तीले जनआन्दोलनको समयदेखि नै आफ्नो घरवास र ज्यानको परवाहसमेत नगरी भूमिगत रही आन्दोलनरत रहेको स्मरण गराउँदै पार्टीले एउटा असहाय सहिद परिवारप्रति राजनीति फेरबदल गरेको आरोप निराधार रहेको बताएकी थिइन् ।

‘एउटा सहिद असहायको नाताले मेरो आत्मा रोएको छ’ कान्तिले पार्टीलाई लेखेको स्पष्टीकरणमा भनेकी छिन्, ‘पार्टीले गरेको हरेक औपचारिक कार्यक्रममा सहभागी भएकी छु ।’
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका प्रभु साहको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ । त्यहाँ सङ्घीय सांसद र मन्त्री आउँदा उनीहरूसँग भेटघाट कान्ती देवीले बताएकी छिन् ।

कान्ति देवीको स्पष्टीकरणमा भनिएको छ, ‘कुनै सङ्घीय सांसद वा मन्त्री आफ्नो कार्यक्षेत्रमा आउँदा त्यहाँ गएर आफ्नो सहिद परिवारको समस्या गाउँ ठाउँको विकासका बारेमा छलफल गर्दैमा त्यो पार्टी परित्याग हो भन्ने म केही भन्न सक्दैन । म कुनै अन्य पार्टी क्रियाकलापमा लागेको छैन भनी प्रतिबद्धता दिलाउन चाहन्छु ।’

कान्तीले आफ्ना पति माओवादी जनयुद्धमा रौतहट जिल्लाबाट पहिलो सहिद भएको समेत बताएकी छन् । कान्ति असाध्यै गरिब परिवारकी सदस्य हुन्, जसले २०७४ को चुनावमा माओवादीका तर्फबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।

कान्तिका पति रौतहटका प्रथम माओवादी सहिद मनरुप महतो हुन् । उनी २०५६/५७ ताका माओवादीको जनमुक्ति सेनाका रौतहट कमान्डर थिए, जो सरकारी पक्षबाट मारिए ।

कान्तीले आफू माओवादीमै रहेको भन्दै स्पष्टीकरण दिएको ६ दिनपछि माओवादी केन्द्रले वैशाख १२ गते कान्ती देवी लगायत २०७४ सालमा स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिलाई ‘दल त्याग गरेको’ भन्दै निर्वाचन आयोगमा एकमुष्ट रूपमा पत्र पठाएको थियो ।

माओवादीबाट निर्वाचित भएका १४ जना स्थानीय जनप्रतिनिधिलाई एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रीय कमिटी बैठकले ७ असारमा कारबाही गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रीय कमिटीको निर्णय अनुसार पदमुक्त गर्न निर्वाचन आयोगलाई जानकारी दिइएको थियो। माओवादीले दिएको दल त्याग गरेको जानकारीका आधारमा निर्वाचन आयोगले १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको सूचना प्रकाशन गरेको थियो।

पद गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, गोनाही नगरपालिका उपप्रमुख परनियादेवी देवाही, मौलानपुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, विजयपुर नगरपालिका उपप्रमुख कान्तीदेवी फतुवा, मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह थिए।

त्यस्तै, सिरहाको लहान नगरपालिका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलालीको भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४ का वडाध्यक्ष पुरन बिसी र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका थिए।

प्रतिक्रिया