आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हाइटीका राष्ट्रपतिको हत्याको खबर बाहिरिएको केही घण्टा नबित्दैँ नेपालका शासकहरुलाई पनि आयो कडा चेतावनी,

प्रकाशित
737
SHARES

उत्तर अमेरिकी राष्ट्र हाइटीका राष्ट्रपति होभिनेल मोइजको बुधबार बिहानै हत्या भएको छ। हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ।

राजधानीको बाहिरी भागमा रहेको पोर्ट–अउ–प्रिन्सस्थित निजी निवासमै राष्ट्रपति मोइजको बुधबार बिहान १ बजे हत्या भएको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले बताएका हुन्।

प्रधानमन्त्रीले निकालेको विज्ञप्तीमा हत्याको पुष्टि गरिएता पनि कसले हत्या गरेको भनेर बताइएको छैन। यद्यपी आक्रमणकारीहरुको समूह स्पेनिस भाषा बोल्ने व्यक्तिहरु भएको जनाइएको छ। गोलाबारीबाट राष्ट्रपतिमाथि आक्रमण भएको थियो।

फर्स्ट लेडी मार्टिना मोइजमाथि पनि गोली प्रहार भएको छ। तर उनको अवस्थाको बारेमा केही जानकारी नदिइएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रधानमन्त्री जोसेपले राष्ट्रपतिको हत्यालाई ‘बदमाश, अमानवीय, र बर्बर’ आक्रमण भनेका छन्। ५ वर्षे कार्यकाल सम्पन्न हुँदा समेत राष्ट्रपति मोइज राष्ट्रपति पदमै आसिन भएपछि उनीसँग त्यहाँका जनता रुष्ट थिए।

उनको कार्यकाले गत फेब्रुअरी ७ तारिखमा सकिएको थियो। तर उनले राष्ट्रपतिको कार्यालय छाडन् नमानेपछि उनीविरुद्ध त्यहाँका जनता सडकमा उत्रिएका थिए।

हजारौं नागरिकले सडक अवरुद्ध पारेर राजीनामाको माग गरेका थिए। तर सरकारले बदलामा २३ प्रदर्शनकारीलाई गिरफ्तार गर्यो। उनीहरुमाथि राष्ट्रपतिमाथि हत्या प्रयास गरेको आरोप लागेको थियो।

मोइजले आफ्नो कार्यकाल समाप्त भएको विषयमा अझै एक वर्ष कार्यकाल रहेको बताउँदै आएका थिए। उनले एकवर्ष चुनावमा धाँधली भएको विषयमा विवाद भएकाले त्यसलाई गन्न नमिल्ने दाबीगर्दे आएका थिए।

प्रतिक्रिया