आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रतिनिधिसभा विघटनमा ठाकुर-महतोमाथि लाग्यो यस्तो गम्भीर आरोप

प्रकाशित
1.1K
SHARES

काठमाडाैँ ।  सत्ताको लुछाचुडीका लागि आन्तरिक रुपमा तत्कालिन नेकपाले निम्त्याएको द्धन्द्धको परिणाम भुसको आगोझै नेपालका सबै राजनीतिक दलहरुमा देखिन थालेको छ । पछिल्लो समय एमाले र जसपा विभाजन तर्फ उन्मुख छन् ।

समाजवादी पार्टी विभाजन तर्फ उन्मुख हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाएका छन् ।उपेन्द्र यादव तथा डा. वावुराम भट्टराई पक्ष र महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्षले एक अर्कालाई दोषारोपण गरेका हुन् । यादव भट्टराई पक्षका नेता महेन्द्र राय यादवले ठाकुर महतो पक्षबाट धेरै गल्तीहरु भएकाले आगामी दिनमा यस्ता गल्ती नहुने प्रतिबद्धतासहित एकता गर्न आफुहरुले प्रस्ताव गरेको बताए ।

उनले एकताका लागि आफुहरुले गरेको प्रस्ताव र आग्रहलाई ठाकुर महतो पक्षले अस्विकार गरेकाले पार्टी विभाजन तर्फ गएको दावी गरे । “हामीले जुटौँ, विगतका कमजोरी समिक्षा गरौ, गल्ती गरेकाहरुले आत्मालोचा गरौँ भनेर हामीले प्रस्ताव राखेका थियौँ, तर उहाँहरुले मान्नु भएन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता यादवले भने ।

आफुनो पक्षमा बहुमत रहेकाले सवै आधिकारीकता आफ्नो पक्षको हुने पनि नेता यादवले दावी गरे। संसद विघटन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाकुर महतो पक्षले सघाएकाले मुलुक अहिलेको संकटपूर्ण अवस्थामा आइपुगेको उनको भनाई थियो ।

“प्रतिनिधि सभा विघटनका लागि ओलीलाई सघाएकाले ठाकुरजीहरु ओलीभन्दा बढी दोषी हुनुहुन्छ,” नेता यादवले भने ।

प्रतिक्रिया