आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई लाग्यो अर्को झड्का, यी माओवादी नेताको ठूलै घुसकाण्ड बाहिरियो (हेर्नुस् प्रमाणसहित)

प्रकाशित
409
SHARES

काठमाडाैँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रकै नेताको ५ लाखको घुस काण्ड छताछुल्ल भएको छ । जनताको सेवा गर्ने भनेर राजनीतिमा होमिएका जनप्रतिनिधीलेनै खुलेआम जनतालाई नै चुस्न थालेका छन् । त्यो पनि निकै सुशासन र जनपक्षिय कुराको वकालत गरेर नथाक्ने पाटी माओवादी केन्द्रका एक जना जनप्रतिनिधीले जनताको काम गरिदिए बापत ठुलै रकम घुस लिएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका २५ का वडाका अध्यक्ष एवं नेकपा माओवादीका नेता विजयकुमार भुजेलले अंशबन्डाको विवाद मिलाउन पाँच लाख घुस लिए हुन् । पीडितहरूले उजुरीपछि सोही वडाका अन्य चार सदस्यले विज्ञप्ति नै निकालेर भुजेलले विवाद मिलाउन पाँच लाख घुस खाएको पुष्टि गरेका छन् ।

उनीहरूले घुस खाने वडा अध्यक्ष भुजेलको राजीनामा समेत माग गरेका छन् । अध्यक्ष भुजेलले सेवाग्राहीबाट आर्थिक लाभ लिएको उनीहरुको भनाइ छ । आमाछोराबीचको अंशबन्डाको विवाद मिलाउन पाँच लाख रूपैयाँ रकम खाएको वडा सदस्यहरुले विज्ञप्ति नै निकालेर जानकारी दिएका छन ।

वडा सदस्यहरु कमलबहादुर गोदार, पार्वती विक, गौरी जमरकट्टेल र युवराज महतोले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष भुजेलले काम गरिदिएबापत पाँच लाख रूपैयाँ लिएको जानकारी दिएका छन् ।

भरतपुर–२५, शुक्रनगरका लीलाराज महतो र आशा चौधरीबीच अंशबन्डाको लेनदेनमा वडा अध्यक्ष भुजेलले मध्यस्थकर्ताको भूमिका खेल्दै पैसा लिएका हुन् । भुजेलले स्वयम् आशा चौधरीले पाँच लाख रूपैयाँ रकम लिएको बताएका छन् ।

प्रतिक्रिया