आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई फेरि धक्काः माओवादी केन्द्र नै खारेजीको मागसहित सर्वोच्चमा, थुप्रै प्रमाणहरु रहेको यस्ताे खुलासा

प्रकाशित
306
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । केपी ओलीसँगको बेमेलका साथै पछिल्लो पटक नेकपा विघटनपछि एमालेमा गएका रामबहादुुर थापा ‘बादल’लगायत विश्वासिला मानिएका नेताहरु नै माओवादी छाडेर गए । तिनै नेताहरूले माओवादी केन्द्र विघटन गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन हाल्ने भएका छन् ।

साथै यस विषयमा आजै निर्वाचन आयोगमा पनि निवेदन दिइने उनीहरूले बताएका छन् । त्यसअघि उनीहरूले कानुन व्यवसायीसँग छलफल गर्दैछन् । महाधिवेशन नगरिएको र अन्य प्रक्रियासमेत नमिलाइएकाले माओवादी केन्द्र विघटनयोग्य रहेकाले सर्वोच्च र निर्वाचन आयोगमा निवेदन दिन लागिएको नेता प्रभु साहले जानकारी दिए ।

उनले महाधिवेशन पनि समयमा नगरेको, अन्य कुराहरू नमिलाएकोले माओवादी केन्द्र दल नै खारेज हुने थुप्रै आधार रहेको दाबी गरे । प्रतिनिधिसभा विघटनपछि प्रचण्डलाई साथ दिएका र दिने वाचा गरेका माधव कुमार नेपाल पनि ओलीलाई नै साथ दिने मुडमा देखिएकाले प्रचण्डलाई अर्को धक्का लाग्ने देखिएको हो ।

प्रतिक्रिया