आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप २६३४ जना कोरोना संक्रमित थपिए, १५ को मृत्यु

प्रकाशित
157
SHARES

नमुना (आरटी पीसीआर र एन्टिजेन) परीक्षण गर्दा २,६२२ मा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर झण्डै २३ प्रतिशत हो ।

पछिल्लो तीन साताको तथ्यांकलाई नियाल्दा कोरोना संक्रमण दर बढ्दो छ । असार पहिलो साता (असार १–७ गते) ८५,३५९ नमूना परीक्षण गर्दा १७,८८८ जनामा संक्रमण पुष्टि भएको छ ।

असार दोस्रो साता (असार ८–१४ गते) ८६८९६ नमूना परीक्षण गर्दा १८५४३ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । असारको तेस्रो साता (असार १५–२१ गते) ७४६८९ नमुना परीक्षण गर्दा १७१४० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तीन साताको तथ्यांकलाई मूल्यांकन गर्दा कोरोना संक्रमण प्रत्येक साता केही प्रतिशत बढेको देखाउँछ ।

सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै निजी तथा सार्वजनिक सवारी साधन चल्ने दिने निर्णय गरेको छ । यसले भीडभाड बढेर संक्रमण बढेको हुनसक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

पछिल्लो समय कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि नै रहेका कारण पनि अस्पतालमा आउने संक्रमितको संख्यामा खासै भिन्नता नआएको हुन सक्ने डा. पाण्डे बताउँछन् । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै भीडभाड बढ्न जाँदा संक्रमण बढेको हुन सक्ने उनको भनाइ छ ।

सरकारले निजीमा उपचार गराउँदा उपचार खर्च नबेहोर्ने भएपछि पनि सरकारीमा बिरामीको चाप बढेको हुन सक्ने डा. दास बताउँछन् । ‘सरकारले निजीमा उपचाररत संक्रमितको खर्च अब नबेहोर्ने निर्णय गरेको छ’ शिक्षण अस्पतालका डा. दासले भने, ‘त्यही निर्णयका कारण पनि मानिसहरु सरकारीमा उपचार गराउन आउँदा संख्या बढेको हुनसक्छ ।’

दोस्रो लहर उत्कर्षमा पुगेको बेला सरकारले निजी अस्पतालसँग सेवा सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरेको थियो । तर अहिले यो व्यवस्था खारेज गर्दै सरकारी अस्पतालमा मात्रै संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया