अभिनेता आमिर खान र किरण रावले शनिबार सम्बन्धविच्छेदको घोषणा गरेर सबैलाई चकित पारिदिएका छन् । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै आफ्नो १५ वर्षको वैवाहिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका छन् । उनको सम्बन्धको खबरमाथि प्रशंसकले विभिन्न प्रकारको अनुमान लगाइरहेका छन् । अब अभिनेताका नजिकका साथी अमिन हाजीले यो जोडीको सम्बन्धविच्छेदबारे कुरा गरेका छन् ।
भारतीय सञ्चार माध्यम न्यूज १८ सँगको कुरामा अमिन हाजीले उनलाई आमिर र किरणको सम्बन्धबारे केही समय अघिदेखि नै थाहा भएको बताए । उनले भने, ‘मेरो परिवारलाई यसबारे केही समय अघिदेखि नै थाहा थियो तर आमिर र किरणले ३ जुलाईमा नै यसबारे घोषणा गर्ने निर्णय गरेका थिए । यो कुरामा मैले अहिले पनि दुबैलाई अत्यधिक सम्झाउने कोसिस गरिरहेको छु ।
उनीहरु दुबै कारगिलमा छोरा आजादसँगै छन् । किरणले तीनैजनाको फोटो त्यहाँबाट पठाएकी थिइन् । मैले त्यो तस्बिर आफ्नो परिवारलाई देखाएँ र भने कि उनीहरु अहिले पनि सँगै छन्, मात्र वैवाहिक स्थिति फेरिएको छ । ’
अमिनले सबै साथीहरुले आमिर र किरणलाई अत्यधिक सम्झाएको बताए । उनी भन्छन्, ‘म आमिरको विवाहमा बेस्ट म्यान (दुलहाका विशेष) थिएँ र उनीहरुको विवाहमा यस्तो हुनु मेरो लागि नीजि क्षती हो । हामीले बसेर यसबारे छलफल गरेका थियौं तर उनीहरु कुनै पनि निर्णय त्यतिबेला मात्रै लिन्छौं जब उनीहरुले यसबारे विभिन्न प्रकारले कोसिस गरिसकेका छन् । मैले उनीहरुलाई ‘तिमीहरुले यस्तो गर्न सक्दैनौं’ भनिनँ तर काश मैले यस्तो भनेको भए ।’
‘तर म उनीहरु दुबैलाई र उनीहरुको निर्णयलाई इज्जत गर्छु । मलाई थाहा छ कि यो उनीहरुका लागि पनि निकै मुश्किल रह्यो होला । यो मेरा लागि निकै ठूलो हार हो । कहिलेकाँही दुई राम्रा मानिसहरु एक–अर्काको साथका लागि बनेका हुँदैनन् ।’
स्मरण रहोस्, आमिर खान र किरण रावले ३ जुलाईमा आफ्नो सम्बन्धविच्छेदबारे घोषणा गरेका थिए । बयानका अनुसार अब उनीहरु श्रीमान्–श्रीमती नभई सह माता पिता र परिवारको रुपमा रहनेछन् ।
प्रतिक्रिया