आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारी वर्षापछि भिषण बाढी- दश घर बगायो, २० जना बेपत्ता

प्रकाशित
480
SHARES

एजेन्सी । जापानको सिजुको जिल्लामा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता भएका छन् ।

सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले कम्तीमा पनि १० ओटा घर बगाउँदा त्यहाँ रहेका २० जना नागरिक हराएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी जारी रहे पनि भेटिएका छैनन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

यस्तै युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।

त्यस्तै कोभिड–१९ को विश्वव्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र विश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

“स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक कार्यका निर्देशक लेखक एरिका एच. सिरिनले बताइन् ।

एरिकाले थपिन्, ‘हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् ।’ विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेजका विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आवश्यक सहयोग गर्ने पहल गरेका थिए ।

क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले फ्लोरिडाको लेकल्याण्डको साउथ ईस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एण्ड सोशल साइंसेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरेकी थिइन् । (रासस/एएनआई)

प्रतिक्रिया