आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी, को-को छन् सहभागी ?

प्रकाशित
324
SHARES

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ। यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।

माधव नेपाल पक्षीय नेताहरूले भने पार्टी एकताको लागि प्रयास भइरहेको भन्दै बैठक नराख्न सुझाउँदै आएका छन्। आजका बैठकमा पनि नेपाल निकट नेता बैठकमा उपस्थित छैनन्।

यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो। त्यसपछि शुक्रबार केन्द्रीय कमिटीको बैठक बसेको थियो।

बैठक सार्नको लागि नेपाल पक्षीय नेताले ओलीलाई आग्रह गरे पनि बैठक बसेको थियो। सोही बैठकमा ओलीले माधवकुमार नेपाललाई भेटौं भनेर भने पनि उनले भेट्न नचाहेको बताएका थिए। सहमतिको प्रस्ताव तयार पारिए पनि नेपालले भने प्याकेजमै सहमति खोजेका छन्।

यसअघि आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। केहीबेर अघि उनीहरूबीच टेलिफोन कुराकानी भएको स्रोतले बताएको छ।

उनीहरूबीच अहिलेको पार्टीको राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। यसअघि नेता घनश्याम भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। पार्टी एकताका लागि दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन्।

शनिबार ललितपुरको एक होटलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो नेताबीच छलफल भएकाे थियाे । उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल सहभागी थिए भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी थिए।

प्रतिक्रिया