आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुध ग्रहले चाल परिवर्तन गर्दा यी ७ राशिलाई मालामाल, कतै तपाईको त परेन ?

प्रकाशित
1.8K
SHARES

बुध ग्रह सौर्य मण्डलमा सूर्यको सबैभन्दा नजिकको ग्रह हो। यस ग्रहको भूमध्य रेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्य मण्डलको सबैभन्दा सानो ग्रह हो।

अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिटो परिक्रमा गर्दछ। बुध ग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ। यो ग्रह सौर्य परिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ।

यद्यपि, यसको चुम्बकीय क्षेत्र एकदम कमजोर छ। बुध ग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्ष यान, मध्य म्यारिज १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शाङ्कन गरेको थियो।

त्यसपछि दोस्रो पटक प्रक्षेपण गरिएको अन्तरिक्ष यान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०% सतहको नक्शाङ्कन गरेको थियो। मेसेन्जरले २००९ को सेप्टेम्बरमा अन्तिम उडान भरेको थियो।

यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेको धेरै भाषामा यसलाई रोमावली धर्ममा पखेटा भएको देवदूत मेर्कुरियुसको नामले भनिन्छ। नेपालीमा यो ग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।

२३ जुन २०२१ देश बुध ग्रह वृष राशिमा आएर बसेको छ । यो ७ जुलाई सम्म बुध ग्रहमा रहन्छ । बुधले राशि परिवर्तन गर्दा यी ७ राशिहुनेलाई धेरै फाइदा हुनेछ । मेष राशि, वृष राशि, मिथुन राशि, कर्कट राशि, सिंह राशि, कन्या राशि, तुला राशि ।

यस्तो छ आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । बिहानको बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानीका बाटाहरु एक्कासी बन्द हुँदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका वस्तुहरु समयमा उपलब्धी नहुँदा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । बिहानको समयमा सवारी साधन वा भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । बिहानको समय राम्रो रहेकोलेप्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टीम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिससँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । बिहानको समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समयसँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया