आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव पक्षका गणेश पहाडी र हरि पराजुली पनि एमाले बैठकमा सहभागी

प्रकाशित
372
SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी भएका छन् । वरिष्ठ नेता माधव नेपाल निकट नेता पहाडी २७ जेठमा सामान्य प्रशासन मन्त्री बनेका थिए । तर उनलाई सर्वोच्च अदालतले ८ असारमै पदमुक्त गरिसकेको छ ।

मन्त्री बनेपछि पहाडी ओली समूहको बैठकमा पहिलो पटक सहभागी भएका हुन् । पराजुली भने उपाध्यक्ष वामदेव गौतम निकट हुन् । गौतम पनि बैठकमा सहभागी छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ ।

उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

प्रतिक्रिया