आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चमा घम्साघमी चलिरहेका बेला शितलनिवासमा ओलीको इन्ट्री, के हुँदैछ छलफल ?

प्रकाशित
579
SHARES

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास गएका छन् । सर्वोच्च अदालतमा संसद विघटन सम्बन्धी मुद्दामा बहस जारी रहेका बेला राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। भेटवार्ताको बिषयबारे भने केही खुलेको छैन् ।

संवैधानिक इजलासमा सरकारको तर्फबाट जारी बहसमा आज सुरुमा सरकारको पक्षमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । इजलासमा खरेल र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच रोचक सवाल जवाफ भएको छ ।

खरेलले देउवाले प्रधानमन्त्रीका दावी गरेको तर आधार प्रस्तुत गर्न नसकेको दावी खरेलले गरे । देउवालाई बहुमत सांसदले समर्थन गर्दैमा आधार नपुग्ने र ती सांसदका दलले पनि समर्थन गर्नुपर्ने जिकिर खरेल गरे । यसपछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्नका लागि दलको समर्थन चाहिन्छ वा सांसद स्वतन्त्र हुन्छन् भन्ने विषयमा बरिष्ठ अधिवक्ता खरेल र प्रधानन्यायाधीश जबराबीच सवाल-जवाफ भएको हो ।

केही दिनअघि पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।

प्रतिक्रिया