आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्रीलाई धोका दिएका दिपक मनाङेलाई लाग्यो ४४० भोल्टको झड्का

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई जना मन्त्रीलाई आज जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई आज जिम्मेवारी तोकिएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सरकार परिवर्तनमा निर्णायक बनेका मन्त्री दिपक मनाङ्गेले भने मुख्यमन्त्रीबाट धोका पाएका छन्। सुरुमा गृह र त्यसपछि भौतिक योजना मन्त्रालयको नेतृत्व लिन खोज्नुभएका मनाङ्गेलाई बिश्वासको मत पाएसँगै पुरानै मन्त्रालय वा बिनाबिभागीयमै चित्त बुझाउन मुख्यमन्त्री पोखरेलले सुझाएका स्रोतले बतायो ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार मनाङ्गेलाई यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको जिम्मेवारीलाई नै निरन्तरता दिन वा बिनाबिभागीय रहेर प्रदेशसभालाई चुनाव हुनबाट जोगाउने भुमिका खेल्न भनिएको छ । मनाङ्गेले आफू प्रदेशसभा बचाउने भ्याक्सिन भएको घोषणा गरिसकेको कारण मन्त्रालय नपाउँदा पनि सो काम गर्न सुझाइएको हो ।

कांग्रेसभित्र मनाङ्गेलाई बिनाबिभागीय मन्त्रीमै राख्न मुख्यमन्त्रीमाथि चर्को दवाव परेको छ । सोही कारण आज जिम्मेवारी तोक्दा उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै रहेका छन् । पछिल्लो समय गण्डकीमा कांग्रेस र माओवादीबीच महत्वपुर्ण मन्त्रालय आफूहरुले लिएर छाडेको मन्त्रालय जसपालाई दिने र मनाङ्गेलाई बिनाबिभागीयमै राख्ने भित्री योजना बनेको छ ।

यता नेकपा एमालेको १‍० ‌औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब एमालेमा पुरानै संरचना क्रियाशील हुनेछ । प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि डाकिएको जानकारी दिए । आज बसेको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता ज्ञवालीले बताए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वत: फुकुवा भएको उनको भनाइ छ ।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ । यस्तै, यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

प्रतिक्रिया