आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले यस्तो बोल्ड निर्णय गरिदिएपछि माधव नेपाल खुसीले गदगद

प्रकाशित
485
SHARES

काठमाडाैँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ । बालुवाटारमा आज बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेको छ ।

अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । आज भएको महाधिवेसन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो बारे जानकारी दिए ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

माधव नेपाल पक्षका लागि खुसीको खबर

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको चौथो तथा अन्तिम बैठकले आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

महाधिवेशन आयोजक कमिटी भंग भएपछि अब पार्टीमा पुरानै संरचना क्रियाशील हुनेछ। पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वतः फुकुवा भएको उनले बताए।

चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरित गर्ने निर्णय गरेको थियो। पार्टी एकतालाई आजको बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ।

बैठकले रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणि थापा , रघुवीर महासेठ, रघुजी पन्त, बिष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको ज्ञवालीले बताए। उनीहरु नेकपामा स्थायी कमिटीमा थिए।

आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछिको पहिलो बैठक १८ गते शुक्रबार ११ बजे बस्ने निर्णय भएको छ। कोरोना नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाई खोप दिलाउन अनुरोध समेत गरेको छ।

बाढी पहिरोको उद्दार र राहतमा सरकारले खेलेको भुमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भुमिका खेल्न अनुरोध गरेको छ। यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया