आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्रायल पास नगरेकाहरुका लागि निकै ठूलो खुसीको खबर,अब सबै पास हुने, यस्तो नयाँ नियम

प्रकाशित
553
SHARES

काठमाडाैँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायलमा फेल भइरहनुभएको छ भने तपाईका लागि अब खुसीको खबर छ । लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु भएसंगै तपाईलाई पास गर्न सजिलो हुने भएको छ ।

गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन । तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले जानकारी दिए ।

उनले नै यो नयाँ ब्यवस्थाले ट्रायलमा पास हुनेको दर बढ्ने विश्वास लिएका छन् । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०, ६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक) मा ७० अंक ल्याए पास हुने व्यवस्था छ ।

यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ । सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ ।

५०० वटा प्रश्न विभागले सार्वजनिक गरेको हो । सो प्रश्नको अध्ययन गरेपछि लिखित परिक्षा दिन पनि सजिलो हुनेछ । प्रश्नहरु विभागको वेव साइटमा देख्न सकिन्छ ।

प्रतिक्रिया