आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हिजो भन्दा आज कोरोना बढ्यो, २८९२ जनामा कोरोना संक्रमण पुष्टि, यति धेरैकाे मृत्यु

प्रकाशित
592
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४३६, ललितपुरमा ८९ १०० र भक्तपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया