आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित
644
SHARES

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया