माले महासचिव सिपी मैनालीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो स्वार्थका लागि बिगतदेखि नै बिभिन्न अपराधकर्ममा लागेको खुलासा गरेका छन् । एउटा मिडियालाई अन्तर्वार्ता दिँदै मैनालीले माधवको चरित्र नै भडुँवा रहेको र जहाँ गयो त्यही बिगार्ने रहेको ठोकुवा गरे ।
मैनाली माधव नेपालकै कारण २०५४ सालमा भएको एमाले बिभाजनपछि मालेमै रहेका छन् । एमालेका तात्कालिन स्थायी कमिटी सदस्यसमेत रहेका नै अहिलेको मुख्य समस्या पनि माधव नै रहेको ठोकुवा गरे । ‘माधव नपालकै कारण अहिलेको सवै घटना भएको हो, कित गको गई भको भए हुन्थ्यो, २०३९ सालदेखि नै माधव नेपालकै खेल रहेको छ भन्ने पुष्टि भयो, यो माधव नेपालको नीति र चरित्र हो,’ मैनालीले भने ।
मैनालीले त्यसबेला आफूले राजीनामा दिँदासमेत च्यातेर अनुचित कार्वाही गर्ने कामको नेतृत्व गरेको बताए ।
उनले सर्वोच्च अदालतले राजनीतिक बिषयलाई मान्ता नदिएर पुनःस्थापना गर्दा समस्या झनै बढेको बताए । ‘संसद पुनःस्थापना भयो भने दलहरुको पुरानो झगडा झन बढछ, बिदेसी चलखेल बढछ भनेका थियौं त्यसबेला पनि । हामीले जे भनेका थियौं त्यही भइरहेको छ । फोहोरी खेल भइरहेको छ । ह्वीप उलंघन गर्ने, ब्यवस्थाकै बिरुद्धमा जाने जस्तो काम गर्ने प्रबृत्ति देखिरहेको छ,’ मैलालीको भनाई छ । उनले चुनाव नै अहिलेको निकास रहेको बताए ।
‘अहिलेको निकास भनेको चुनाव नै हो तर अदालतमा मुद्दा बिचाराधिन रहेको कारण स्वागत र बिरोध दुवै नगरेको बताए ।
मैनालीले माधव नेपालको काम नै बदला, धोका र षडयन्त्र रहेको तथ्य घटनाक्रमले पुष्टि गरिसकेको ठोकुवा पनि गरे । नेकपा एकतालाई बिभाजनमा पुर्याउनेदेखि अस्थिरतातर्फ मुलुकलाई लैजाने सवै षडयन्त्रको मतियार नेपाल रहेको उनको भनाई छ ।
प्रतिक्रिया