आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस नेता चाक्सी बारीमा निधि कोइराला र सिंहको वार्ता, के भयो कुरा कानि ?

प्रकाशित
739
SHARES

काठमाडौँ । महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेताहरु छलफलमा जुटेका छन् । बेग्लाबेग्लै समूहमा नेताहरु आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।

सभापतिका आकांक्षी तीन नेताबीच पटकपटक छलफल भइरहेको छ। आजको छलफल महाधिवेशन केन्द्रित भएको सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए । यसअघि निधि र सिंह कोइराला निवास महाराजगञ्ज र त्यसभन्दा पहिले कोइराला र सिंह निधि निवास बानेश्वरमा छलफल गरेका थिए।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तय भएको छ। महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू दौडदूपमा छन्। निधि, कोइराला र सिंहबीच महाधिवेशनसम्मै सहकार्य गर्ने विषयमा सहमति छ।

प्रतिक्रिया