आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भाेलि बाट खाद्यान्न पसल हरू बिहान देखि बेलुका सम्म सञ्चालन गर्न दिने,यस्ताे निर्णय

प्रकाशित
621
SHARES

काठमाडौँ । उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको उनले बताए । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ ।

वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन्। पछिल्लो निर्णयसँगै मंगलबारदेखि काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर चल्न पाउनेछन् । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ ।

प्रतिक्रिया