आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपत्यकामा निषेधाज्ञा थप्ने बारे यस्तो आयो कुरा, भाेलि बाट आधा सिट क्षमतामा सार्वजनिक सवारी चलाउन दिने तयारी

प्रकाशित
297
SHARES

काठमाडौं । उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन्। यसबारे ठोस निर्णय आज हुने छ । तर यातायात व्यवसायीले भने जोर बिजोर प्रणाली अनुसार सवारी साधन चलाए झनै भीड हुने र संक्रमण बढ्ने भएकाले पुरै सवारी साधनलाई चलाउन दिनपर्ने माग गरिरहेका छन् ।

पछिल्लो समय थपिएको निषेधाज्ञाको समय आज मध्यराती १२ बजेबाट सकिदैंछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी साधन चलाउन दिने विषयमा छलफल भएपनि निर्णय आज बस्ने बैठकले गर्ने एक प्रजिअले जानकारी दिनुभयो ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक असार ७ गते एक साताका लागि थप्ने निर्णय भएको थियो । पछिल्लो पटक निषेधाज्ञा खुकुलो बनाउदै निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

संक्रमण कायमै रहेकाले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायत तत्काल खोल्ने छैनन् । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन भने सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न पाइने छैन । शैक्षिक संस्था बन्दनै रहने छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै वैशाख १६ गते उपत्यकालगायत देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण कम भएका जिल्लाहरुमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी गरिएको छ। यसअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ। कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

“करिब दुई महिनाअघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ, प्रजिअ निरौलाले भने, ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आइतबार छलफल गर्नेछौँ ।
उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेका छन ।

अहिले सार्वजनिक सवारी-साधन, विद्यालय, मठ-मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरिरहेका छन् ।

कुन-कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे केही छलफल भइसकेको छैन, प्रजिअ निरौलाले भने, ‘‘सबै क्षेत्र एकैचोटि खुकुलो बनाएर मात्रै हुँदैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साता र अघिल्लो साताको संक्रमण उस्तै उस्तै छ । अब पछिल्लो साताको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ । पहिलाभन्दा खुकुलो होला ।”

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ । तर, यस विषयमा अन्य सरोकारवालासँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै भन्न नसकिने अधिकारीहरुको भनाइ छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

प्रतिक्रिया