आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आन्तरिक हवाई उडान खुल्ने मिति तोकियो, अन्तर्राष्ट्रियको उडान तालिका पनि सार्वजनिक

प्रकाशित
714
SHARES

काठमाडौं । निषेधाज्ञाका कारण गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरीक उडान ५० प्रतिशत अकुपेन्सी क्षमतामा संचालन गर्ने तयारी थालिएको छ । सरकारले भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक ह्वाई उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको थियो । अनुमति पछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान संचालन गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद्ले दिएको अनुमति अनुरुपनै सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी उडान संचालन गरिने छ ।

आन्तरिक उडानतर्फ भनेको तोकिएको उडान संख्याबमोजिम १ जुलाई अर्थातः १७ असारबाट नियमित उडान हुने मन्त्रालयले जनाएको छ । एक हप्ताको अवधिभित्र टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सबै व्यवस्था भएपछी असार १७ गतेबाट हवाई उडान संचालन गरिने छ

अन्तर्राष्ट्रिय ह्वाई उडानतर्फ भने भोलि २४ तारिखदेखि नै उडान भर्ने तालिका मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापानका लगि उडान भर्नेछ । यसै दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । त्यसै दिन टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने तालिका रहेको छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने उडान तालिका सार्वजनिक गरेको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्ने भनिएको छ । उक्त दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । त्यसै दिन कतार एयरवेज दोहाबाट काठमाडौं, र जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने तालिका रहेको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने तालिका रहेको छ । त्यसै दिन हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्ने भनिएको छ ।

त्यसै दिन कतार एयरवेजले दोहाबाट उडान गर्ने भएको छ। २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने तालिका रहेको भने त्यसै दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने भनिएको छ ।

२९ जुनमै फ्लाई दुबई दुबईबाट काठमाडौं र ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउनेछ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका सार्वजनिक भएको छ ।

मन्त्रीपरिषद्ले अनुमति दिएपनि जिल्ला प्रशासन कार्यलय भने संक्रमण दर ५% मा नझरुञ्जेल आन्तरिक उडान र सार्वजनिक यातायात संचालन गर्न नदिने पक्षमा छ ।

प्रतिक्रिया