आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महन्थ ठाकुर यस्तो गम्भीर आरोपमा फस्दै, मुद्धा हाल्ने तयारी

प्रकाशित
1K
SHARES

काठमाडौँँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरविरुद्ध अदालतमा मुद्धा हाल्ने तयारी गरिएको छ । किर्ते गरेको आरोपमा ठाकुरविरुद्ध मुद्धा हाल्ने तयारी भएको हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले यस्तो तयारी भएको बताएका हुन् । “उहाँलाई यो उमेरमा त्यस्तो किर्ते काम गर्न कस्ले सिकाएको होला, किर्ते गरेको अभियोगमा जेल पर्नुभयो भने के होला ?” उनले भने ।

ठाकुरले किर्ते गरेको भन्दै भोली ठाकुरका विरुद्धमा अदालतमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए। “उहाँले पेश गरेका कागजपत्रहरुमा गरिएका हस्ताक्षरहरुको बैज्ञानिक जाँच गर्ने हो भने उहाँ फस्नुहुन्छ,” अध्यक्ष यादवले भन्नुभयो।

अध्यक्ष ठाकुरले किर्ते गरेका धेरै आधार र प्रमाणहरु आफुहरुसँग रहेको पनि यादवले दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेर अध्यक्ष ठाकुरले संघीयता, लोकतन्त्र र पार्टीलाई नै क्षती पुर्याएको उनको टिप्पणी थियो ।

‘प्रधानमन्त्री केपी ओली लोकतन्त्र, संघीयता, मधेश आन्दोलन सिध्याउन लाग्नु भएको छ, महन्थहरु त्यसको मतियार बन्नु भएको छ’, अध्यक्ष यादवले भने। बुढेसकालमा अध्यक्ष ठाकुर लोकतन्त्र, मधेश आन्दोलन र संघीयताको विपक्षमा उभिएको यादवको भनाई छ।

आफुले गरेका गल्तीहरु स्विकार गरेर आएमा उहाँहरुसँग सहकार्य र एकता गर्न ढोका बन्द भने नगरिएको उनले स्पष्ट पारे। यादवले भने, “उहाँहरुले आत्मालोचना गरेर आएपछि सोच्ने ठाउँ हुन्छ, त्यति निर्दयी र कठोर पनि छैनौ।”

निर्वाचन आयोगमा आफुहरुले राजनीतिक दल सम्वन्धी ऐन अनुसार दल दावी गरेकाले आधिकारीकता आफुहरुले नै पाउने उनको जिकिर थियो ।

प्रतिक्रिया