आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बढ्यो सुनको मूल्य,

प्रकाशित
308
SHARES

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बृद्धि भएको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थिर बनेको थियो । त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ । चादी चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया