आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले बाेलाएकाे स्थायी कमिटी बैठकमा काे-काे भए सहभागी ?

प्रकाशित
629
SHARES

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । मन्त्रिपरिषद विस्तारबारे सर्वोच्च अदालतले गरेको फैसला, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे आजको बैठकमा छलफल एवं समीक्षाको तयारी भएको छ ।

बैठकमा पार्टी एकता, सर्वोच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि जेठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।

त्यहीबीचमा एकता प्रक्रियाका लागि भन्दै अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपनि उनले माधव नेपाल झलनाथसहितको बैठक बोलाएका छैनन् ।

प्रतिक्रिया