आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कमल थापाले प्रचण्डलाई राजतन्त्र फर्काउन आग्रह गरेपछि बाबुराम भट्टराई फायर

प्रकाशित
1.6K
SHARES

काठमाडौ । राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउन पहल गर्न प्रचण्डलाई आग्रह गरेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले थापालाई चेतावनी दिएका छन् ।

बिहीबार एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ भनेपछि राप्रपा अध्यक्ष थापाले हौसिदै दाहाललाई राजतन्त्र फर्काउन पहल गर्न आग्रह गरेका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रचण्डजीले सही भन्नुभयो । हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौँ । यो असल कामको पहल गर्नुहोस्।’

यसको जवाफमा डा. भट्टराईले लेखेका छन्, ‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन । गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौँ ।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् । शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताए ।

‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बताए । ‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन । त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले राष्ट्रिय हितहरुको रक्षा र सम्बर्द्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको बताए । उनले जुध्ने भन्दा पनि मित्रताको नीति बनाएर अघि बढ्दा कायरता र लघुतावासको प्रतिनिधित्व नगर्ने भन्दै त्यसले न्याय, शान्ति, र पारस्परिक लाभ र सम्मान प्राप्त गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएको बताए । उनले छिमेक सम्बन्धमा कुनै समस्या भए हटाउने र छैनन् भने पैदा हुन नदिने भन्दै मानवजाति र पर्यावरणसँग सरोकार रहेको बताए । सो क्रममा उनले मानवअधिकारको कुरालाई सुपरफिसियल ढंगले मात्रै लिन नहुने भन्दै गरिव जनताको बाच्न पाउने अधिकारका रुपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ