आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गो’ली प्र’हार

प्रकाशित
206
SHARES

काठमाडौँ । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गो’ली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गो’ली प्रहार भएको हो ।

भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गो’ली प्र’हार गरिएको हो । हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्न लाग्दा यो आ’क्र’मण भएको थियो ।

हेलिकप्टरमा सो प्रान्तका गर्भनर पनि सवार थिए । राष्ट्रपतिका प्रवक्ताका अनुसार ह’मलामा सबै सकुशल रहेका छन् । राष्ट्रपति इवान ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिं’सा वा आ’तंकी ह’मलाबाट नडराउने प्रतिक्रिया दिएका छन् । उनले यस्तो ह’मला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको जिकिर गरे । साथै उनले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो । राष्ट्रपतिमाथि ह’म’लामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरु सक्रिय रहेका छन्।

ईएलएन देशको सबैभन्दा ठूलो बिद्रोही समूह हो जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चरमपन्थी समूह घोषणा गरेको छ । सन् १९६४ मा यो विद्रोही समूह गठन भएको थियो । देशमा भूमि र धनको असमान वितरणबिरुद्ध लड्न यसको उद्देश्य रहेको छ । बीबीसी

त्यस्तै उता अमेरिकामा जर्ज फ्लोइडको घाँ’टी थि’चेर ह’त्या गरेको अभियोग लागेका पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँ’टी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँ’टीमा घुँ’डाले टेकेका थिए ।

न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो ।

अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग–अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो । फ्लोइडको परिवार र उनका समर्थकहरुले यो फैसलाको स्वागत गरेका छन् ।

फ्लोइडकी बहिनी बिग्रेट्ट फ्लोइडले भनिन्,‘ प्रहरी दमनका घटनालाई पनि अन्तत गम्भिर रुपमा लिइन्छ भनेर यो सजायले देखाएको छ । तर अझै लामो बाटो बाँकी नै छ ।’

सुनुवाईमा के भयो ?
सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए ।‘किन ? तिमी के सोच्दै थियौं ? जब तिम्रो घुँडा मेरो दाईको घाँ’टीमा थियो, तब तिम्रो टाउकोमा के चलिरहेको थियो ?

फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् । ‘म उनीबारे सधैं सोधिरहन्छु,’ उनले भनिन्,‘मेरो ड्याडीले सधैं मलाई दाँत माझ्न सहयोग गर्नुहुन्थ्यों ।’

न्यायाधिसले समुदाय र देशकै लागि यो प्रकरण पीडादायी भएको बताए । तर सबैभन्दा ठूलो पीडा फ्लोइडको परिवारले व्यहोर्नुपरेको उनले बताए ।
‘यो सजाय भावना वा सहानूभूतीमा आएर गरिएको होइन । तर, यही समय म यो स्विकार्न चाहन्छु कि सबै परिवारले दर्दनाक पीडा भोगेका छन्, विशेषगरी फ्लोइडको परिवारले,’ न्यायाधिस पिटर चाहिलले भने ।

उता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्- मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको महासचिव गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।

प्रतिक्रिया